Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

शेयर बजार ७० अंकले बढ्दै २३१० पुग्यो,९ अर्ब १३ करोड रुपैयाँमा कारोबार

मंगलबार, साउन १, २०८१

दाङ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३०० अंकले बढेको छ । लामो समयदेखि स्थिर रहेको शेयर बजार नयाँ सरकार निर्माणको हल्लासँगै बढ्न थालेको थियो ।

सोमवार केही करेक्सन भएको शेयर बजार आज ७०.१८ अंकले बढ्दै २३१० विन्दु कायम भएको हो । यो २६ महिनायाकै सबैभन्दा बढी हो ।

आज शेयरमा ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कायम भएको छ भने कुल २३४ वटा कम्पनीको शेयर बजार अघिल्लो दिनको तुलनामा बढेको छ । त्यस्तै ८ वटा कम्पनीको शेयर बजार भने अघिल्लो दिनको तुलनामा घटेको छ ।

आज सबैभन्दा बढी हाइड्रोपावर समूहको शेयर बढेको छ । हाइड्रो पावर समूहको बजार ५४५ प्रतिशतले बढ्दा बैंकको २।७५ पुगेको छ । त्यस्तै किास वैंकको ४.९४ प्रतिशत, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, निर्जीवन बीमा २.१२, माइक्रोफाइनान्स २.३०, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढेको छ ।

आज ९ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने सबैभन्दा बढी कारोबार भएका कम्पनीमध्ये जानकी फाइनान्स लिमिटेडको शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्