सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडो,१०मंसिर - कतारमा सम्पन्न एशिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली गएराति स्वदेश आइपुगेको हो । प्रतियेगितामा नेपालले तील खेल खेलेके थियो । जसमा दुइ खेल पराजय बेहोर्दा एक खेलमा जित निकाल्न सफल भएको थियो । नेपालले प्रतियोगितमा भारत ए र पाकिस्तान ए सँग पराजय बेहोरेको थियो भने संयुक्त अरब इमिरेट्स युएइ लाइ पराजित गर्दै जित दर्ता गरेको थिये । प्रतियोगितामा नेपालले अपेक्षाअनुसारके प्रदर्शन गर्न नसके पनि आगामी प्रतियोगिताका लागि अनुभव बटुलको छ ।
नेपालले प्रतियोगितामा भारत ‘ए’ र पाकिस्तान ‘ए’सँग पराजय बेहोरेको थियो भने संयुक्त अरब इमिरेट्स ९युएई० लाई पराजित गर्दै जित दर्ता गरेको थियो । प्रतियोगितामा नेपालले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसके पनि आगामी प्रतियोगिताका लागि अनुभव बटुलेको छ । एशिया कप राइजिङ स्टार्सबाट फर्किएको नेपाली टोली अब आइसीसी पुरुष एकदिवसीय विश्वकप छनोट अन्तर्गत क्वालिफायर प्लेअफको तयारीमा जुट्नेछ ।
नेपालमै आयोजना हुने उक्त प्रतियोगितामा आगामी मंसिर १८ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । घरेलु मैदानमा हुने प्रतियोगितालाइ नेपाली टोलीका लागि एकदिसीय विश्वकप छनोटको यात्रा अघि बढाउने महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ । नेपाली टोलीले अब क्वालिफायर प्लेअफमा राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित तयारी गर्नेछ ।