बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते

आइतबार, साउन १३, २०८१

मोरङ - मोरङ जिल्लाको उत्तरी मोरङको  पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । घाइते मध्ये छोरी बेलबारी –१ की ११ वर्षीया सुस्मिना धिमालको उपचारका क्रममा मृत्यु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

शनिवार दिउसो करिब सवा ३  बजेतिर मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ झण्डे डाँडाको घुमाउरोमा मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी– १ का ३७ वर्षीय सुनिलकुमार धिमाल,  उहाँकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र १३ वर्षीय छोरी सुस्मिना धिमाल घाईते हुनु भएको थियो । सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङले  घाईतेहरुलाई तत्काल उपचारका  लागि उर्लाबारीस्थित अरनिको हस्पिटल पुर्याएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार गम्भीर घाइते सुस्मिनाको उपचारका क्रममा २ ः४५ बजे मृत्यु भएको हो ।

प्रहरीका अनुसार रमिते टाँडी भित्रि सडक खण्डमा बा। २७ प। १८३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ७० फिट तल झरेको थियो । बालिकाको शवलाई पोस्टमार्टमको लागि उर्लाबारी ३ मङ्गलवारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्