बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

शान्तिनगरमा विद्युतको ‘नो लाइट’ सेवा कार्यालय उद्घाटन

मंगलबार, साउन १५, २०८१

दाङ - दाङको शान्तिनगर गाउँपालिकामा ‘नो लाइट’ सेवा कार्यालय उद्घाटन गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सोमबार पालिका अध्यक्ष प्रमोद बस्नेत र विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशालीले कार्यालयको उद्घाटन गर्नु भएको हो ।

शान्तिनगरमा उक्त कार्यालय सुरु भएसंगै विद्युतमा जुनसुकै समस्या आएपनि तुलसीपुर वा हापुरे जानुपर्ने अबस्था रहनेछैन ।“यस अघि शान्तिनगरमा विद्युतमा केही समस्या भएमा तुलसीपुर वा हापुरे पुग्नु पर्ने अबस्था थियो”, प्रमुख गोशालीले भने “अब विद्युतमा केही समस्या भएमा शान्तिनगरबाटै काम हुनेछ ।”

विद्युतको तार चुडिएमा, पोल ढलेमा, विद्युत गइरहनेजस्ता समस्या देखिएमा पनि त्यहाँका नागरिकलाई तुलसीपुर वा हापुरे जानुपर्ने बाध्यतालाई मध्येनजर गरि उक्त कार्यालय स्थापना गरिएको हो । जहाँबाट शान्तिनगर गाउँपालिकासंगै बबई गाउँपालिका वडा नं।७ मलै तथा दंगीशरण गाउँपालिकाको केही क्षेत्रलाई सेवा गर्ने प्रमुख गोशालीले बताउनु भयो ।

शान्तिनगर गाउँपालिका वडा नं। ५ रगैचामा उक्त कार्यालय स्थापना गरिएको हो । एक जना कर्मचारी नियुक्ती गरेर त्यहाँ कार्यालय स्थापना गरिएको हो । अहिले भाडाको घरमा उक्त कार्यालय रहेपनि त्यहाँ आफ्नै भवन निर्माणको काम पनि भइरहेको प्रमुख गोशालीले बताउनु भयो ।

त्यस अवसरमा पालिका अध्यक्ष प्रमोद बस्नेतले यो सेवाले नागरिकलाई सहज हुने विश्वास ब्यक्त गर्नु भयो ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०५:२५
प्रतिक्रिया दिनुहोस्