सांसद वसन्तकुमार नेस्वास्थ्यमा समस्या, थप उपचारका लागि काठमाडौं लगिँदै

बुधबार, माघ १७, २०८०

फिदिम -  नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। 

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

 एमालेको ताप्लेजुङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनु भएका उहाँ पार्टी कामकै सिलसिलामा ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेपछि बिरामी पर्नुभएको हो।

फुङलिङ स्थित पाथिभरा गेष्ट हाउसमा खाना खान लाग्दा अचानक बिरामी पर्नुभएको एमाले ताप्लेजुङका उपसचिव मणिशंकर पोमुले जानकारी दिनुभयो।

हातबाट मोबाइल खसेपछि टिप्न खोज्दा मोबाइल समात्न समस्या भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि तत्काल उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल लगिएको हो।

‘शरीरको एक भाग चलेको छैन, चिकित्सिकले गम्भीर स्वास्थ्य समस्याको लक्षण देखिएको बताएका छन्’, पोमुले भन्नुभयो।

उहाँलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको उहाँको भनाइ छ। नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
समाचार