दाङमा करेन्ट लागेर एक जनाको मृत्यु 

शनिबार, साउन १९, २०८१

दाङ - दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

 तुलसीपुर उपमहानगरपालिका वडा नं।११ पिरगाउँ निवासी ५० वर्षीय बालाराम ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका जानकारी दिनुभयो

शनिबार दिउसो १ बजेतिर घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा तारसर्ट भई करेन्ट लागेर घाइते भएका थिए ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
समाचार