Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

सुनको मुल्य तोलामा २ सय रुपैयाँ घट्यो

आइतबार, साउन २०, २०८१

दाङ - अस्ति शुक्रवार अहिलेसम्मकै उच्च भएको सुनको मुल्य आज घटेको छ । आज सुनको मुल्य  तोलामा दुई सय रुपैयाँ घटेको हो ।

गएको शुक्रवार सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको मुल्य घटेर तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । त्यस्तैगरी आज चाँदीको मुल्इ  तोलामा १० रुपैयाँले घटेको छ ।

शुक्रवार तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्इ आज तोलाको एक हजार सात सय ८५ रुपैयाँ रहेको महासङ्घले  जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्