Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

शेयर बजार एक सय आठ अङ्कले बढ्यो, १७ अर्ब ९५ करोड रुपैयाँको कारोबार

बुधबार, साउन २३, २०८१

काठमाडौं - साताको चौथो दिन बुधवार आज  शेयर बजार एक सय आठ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, उत्पादन, व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय ३९ वटा कम्पनीको शेयर बढेकोमा तीन वटा कम्पनीका शेयर भने घटेको छ । आज १० वटा कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै आठ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन एनआईसी एशिया डिबेन्चर २०८३र८४ को शेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।

आज कारोबार रकम भने घटेको छ । हिजो २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएर ऐतिहासिक रेकर्ड कायम भएकोमा आज तीन सय ३० वटा कम्पनीका तीन करोड ८० लाख कित्ता शेयर १७ अर्ब ९५ करोड रुपैयाँको कारोबार  भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
समाचार