बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङमा बस दुर्घटना हुँदा तीन जना घाइते

शनिबार, साउन २६, २०८१

दाङ - दाङको घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर ७ कालाखोला उकालोमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबार साँझ ८ बजेतिर घोराहीबाट तुलसीपपुर तर्फ आउदै गरेको रा १ ख ११०० नम्बर बस दुर्घटनामा परेको हो ।

टिप्परलाई ओभरट्याग गर्ने क्रममा अनियन्त्रित भई पल्टिदा घोराही घोराही उपमहानगरपालिका १० निवासी भुप प्रसाद शर्माको छोरी ५ बर्षीया स्वस्तिका शर्मा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी सहायक हवलदार सरिता कवर९गर्भवती० र तुलसीपुर उपमहानगरपालिका ७ निवासी १७ बर्षीय अजय घिमिरे घाइते भएका छन् ।

घाईते मध्ये शर्मालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि नेपालगञ्ज लगिएको छ । उनको दुबै खुट्टामा चोट लागेको छ । अन्य घाइतेको अबस्था भने सामान्य रहेको छ । गाडीमा करिब ३५ जना यात्रु थिए ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्