सूचीकृत नहुने सहकारी खारेज गरिन्छ : नगर प्रखुम खड्का

बुधबार, साउन ३०, २०८१

तुलसीपुर - दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले सुचीकृत नहुने सहकारी संस्थालाई खारेज गरिने बताउनु भएको छ ।

आज तुलसीपुर उपमहानगरपालिकाले सहकारी संचालकसँग आज गरेको छलफलमा मेयर खड्काले उपमहानगरले सहकारीलाई नियमन गर्न सूचीकृतकालागि आह्वान गरिएको भन्दै सूचीकृत हुन नआउने सहकारी संस्थाको दर्ता खारेजकालागि सम्बन्धीत निकायमा पत्राचार गरिने चेतावनी दिनुभयो । बिभिन्न सहकारी बचतकर्तालाई ठगेर भागेको प्रसंग उल्लेख गर्दै मेयर खड्काले सूचीकृत भएमा सबै सहकारीको वास्तविकता स्थानीय सरकारसँग रहने र बचतकर्तालाई ठगिबाट जोगाउन सकिने बताउनुभयो ।

‘सहरकारीको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारमा सूचीकृत हुन आह्वान गरिएको छ ।’मेयर खड्काले भन्नुभयो,‘कारोवार बिग्रेको सहकारी भए हामी बचतकर्तालाई सचेत गराउँछौँ र ठगिनबाट जोगाउँछौँ ।’ तुलसीपुर उपमहानगरले उमहानगर भित्र संचालनमा आएका सहकारीलाई सूचीकृत हुन सार्वजनिक सूचना जारी गरिसकेको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
समाचार