आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना नवलपुर र दाङमा सतर्कता अपनाउन आग्रह

मंगलबार, भदौ ४, २०८१

दाङ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुनी प्रणाली सक्रिय भएका कारण हिजो बेलुकादेखि विभिन्न क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै दाङको पदमपुरमा १०२ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बर्दीयाको रानी जरुवा नर्सरी जल मापन केन्द्रमा ९४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । नवलपुरको डण्डामा ९०, मकवानपुरको रजैयामा ८५ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

त्यस्तै डडेलधुरा, कैलाली, दैलेख, कास्की, बाग्लुङ, रुपन्देही, तनहुँ, चितवन , सिन्धुपाल्चोक, ललितपुर, काठमाण्डौ, भक्तपुर, झापा, धनकुटा, उदयपुर, सप्तरी, सिन्धुली, खोटाङ, दोलखा लगायतका जिल्लामा पनि सामान्यदेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपुरको डण्डा वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा नारायणी नदी र यसका सहायक नदीहरुमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले आज बिहान १० बजे सम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तैगरी दाङको पदमपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा पर्ने बबई नदी र यसका सहायक नदीहरुमा र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
समाचार