Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

देशभरिका २५ उत्कृष्ट गाउँपालिकामध्ये माओवादीले नेतृत्व गरेका ११

आइतबार, भदौ ९, २०८१

काठमाडौं - स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा उत्कृष्ट भएका २५ गाउँपालिकामध्ये सबैभन्दा बढी ११ वटा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका रहेका छन् । त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका सात सात वटा गाउँपालिका उत्कृष्ट २५ मा परेका छन् ।

संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले सार्वजनिक गरेको नतिजामा उत्कृष्ट २५ मध्ये ११ वटा गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रका अध्यक्षहरुले गरेका छन् । जसअनुसार वेनिघाट रोराङ्ग धादिङ्ग उत्कृष्ट भएको छ, जसको नेतृत्व नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया‘विवेक’ले गर्नुभएको छ ।
 
त्यस्तैगरी माओवादी केन्द्रका यदु ज्ञवालीले नेतृत्व गरेको रुरुक्षेत्र गुल्मी, प्रकाश विष्टले नेतृत्व गरेको राप्ती गापा दाङ, शुक्र चुमानले नेतृत्व गरेको आवुखैरेनी तनहुँ, गणेशबहादुर थापाले नेतृत्व गरेको भगवतीमाई दैलेख, विमर्श मोक्तानले नेतृत्व गरेको मरिण सिन्धुली, रिमालबाब श्रेष्ठले नेतृत्व गरेको शैलुङ्ग दोलखा, भुपाल पोख्रेलले नेतृत्व गरेको धुर्कोट गुल्मी, रमेश बाबु थापाले नेतृत्व गरेको शहिद लखन गोर्खा, युवराज केसीले नेतृत्व गरेको चन्द्रकोट गुल्मी र राजु लामा तामाङले नेतृत्व गरेको लिसङ्खुपाखा सिन्धुपाल्चोक उत्कृष्ट २५ गाउँपालिकामा परेका छन् ।

विभिन्न सयवटा सूचकमा भएको मूल्यांकन गर्ने गरिन्छ । खासगरी सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता, प्रवाह भइरहेका सेवा, सूचनाको हकलगायत विभिन्न सूचकका आधारमा मूल्यांकन गर्ने गरिन्छ । त्यस्तै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनका आधारमा मूल्यांकन गर्ने गरिएको छ ।

नेकपा माओवादी केन्द्रले देशभरि १२२ पालिकाको नेतृत्व गरेको छ । उत्कृष्ट २५ गाउँपालिकामध्ये ११ वटा माओवादी केन्द्रले नेतृत्व गरेका पालिका पर्नुले माओवादी केन्द्रले लिएको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डा थप स्थापित भएको र आगामी चुनावमा जनताले थप विश्वास गर्ने आधार फराकिलो बन्दै गएको विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्