बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर भन्दा नेपालको राम्रो हुने आईएमएफको प्रक्षेपण

बिहीबार, माघ १८, २०८०

काठमाडौं - यो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर भन्दा नेपालको वृद्धिदर राम्रो हुने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले सार्वजनिक गरेको ुवर्ल्ड इकोनोमिक आउटलुकु को रिपोर्ट अनुसार यो अङ्ग्रेजी वर्षमा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने प्रक्षेपण छ । यस्तै उपभोक्ता मूल्यवृद्धि भने ६ दशमलव ७ प्रतिशत रहनेछ ।

यो वर्ष विश्वको औसत वृद्धिदर तीन दशमलव प्रतिशत हुने देखिएकोमा नेपालको भने पाँच प्रतिशत पुग्ने अनुमान छ । विश्वको अर्थतन्त्रको औसत वृद्धिदर २३ वर्षयताकै कम हुने पनि आईएमएफले जनाएको छ । यस्तै आउँदो वर्ष अर्थात् सन् २०२५ मा पनि विश्वको वृद्धिदर तीन दशमलव दुई प्रतिशत मात्रै हुने रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्