Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

सुनको भाउ तोलामा एक सय बढ्यो,फेरि नयाँ रेकर्ड बनायो

बिहीबार, भदौ १३, २०८१

दाङ - सुनको मुल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च प्रतितोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

यसअघि हिजो तोलाको एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेर सुनको मुल्यले रेकर्ड बनाएको थियो । आज फेरि सुनको मुल्यले अर्को रेकर्ड बनाएको हो ।

त्यस्तैगरी आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेको छ । हिजोे चाँदीको मुल्य तोलाको एक हजार आठ सय ५५ रुपैयाँ रहेको थियो ।   आज तोलामा २० रुपैयाँले घटेर एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएको छ  ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्