बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङबाट विदेश गएका व्यक्ति सम्पर्कविहीन हुने क्रम बढ्दो

बिहीबार, भदौ १३, २०८१

दाङ - दाङमा वैदेशिक रोजगारीका क्रममा विदेश गएका व्यक्ति सम्पर्कविहीन हुने क्रम बढ्दै गएको छ । सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय दाङमा रहेको सूचना तथा परामर्श केन्द्रका अनुसार बितेको चार वर्षको अवधिमा विदेश गएका ९० जना व्यक्ति सम्पर्कविहीन बनेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सम्पर्कविहीन हुनेमध्ये अधिकांश खाडी मुलुकसँगै मलेसियालगायतका देशमा रोजगारीका लागि गएका व्यक्ति रहेका छन् । रोजगारीका क्रममा विदेश गएर सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि आर्थिक वर्ष ०७७र०७८ मा १२ जना आफन्तले जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको सूचना तथा परामर्श कक्षमा निवेदन दिएका थिए । यो सङ्ख्या आर्थिक वर्ष ०७८र२०७९ मा आउँदा करिब दोब्बरले वृद्धि भएको थियो ।

आर्थिक वर्ष ०७८र०७९ मा सूचना तथा परामर्श केन्द्रमा वैदेशिक रोजगारीका क्रममा गएका २२ जना व्यक्ति सम्पर्कविहीन भएको भन्दै खोजीका लागि निवेदन परेको परामर्शकर्ता रीता लामाले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष ०७९र०८० मा २३ जना र गत आर्थिक वर्ष ०८०र०८१ मा ३३ जना व्यक्तिसम्पर्कविहीन भएको भन्दै खोजीका लागि निवेदन परेका छन् ।

परामर्श केन्द्रका अनुसार गत आर्थिक वर्ष ०८०र०८१ दाङबाट वैदेशिक रोजगारीका क्रममा विदेश गएका ४९ जनाको मृत्यु भएको थियो भने रोजगारीका क्रममा गएका १७ जना विदेशका विभिन्न जेलमा परेका थिए । यसैगरी दुई सय ७७ वटा वैदेशिक रोजगारीसम्बन्धी ठगीका उजुरी परेका थिए ।।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्