बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्य

बिहीबार, भदौ २०, २०८१

धनुषा - धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर  मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर हिजो बेलुकी उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मृत्य हुनेहरुमा १० वर्षीय आदित्यकुमार साह,  नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन् । मावलीतर्फका हजुरबुवा महावीर साहको घरमा भोज खान गएका बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ ।

मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको प्रहरीको भनाइ छ । बेलुकी झण्डै ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला ज्यान गएको हुनसक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिनुभयो ।

तीनै जनाको शव परीक्षणका लागि  प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्