Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
हरितालिका तीज पर्वको दिन

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ५३ हजार ३ सय पुग्यो

शुक्रबार, भदौ २१, २०८१

काठमाडौं - सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज शुक्रवार हरितालिका तीज पर्वको दिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  जनाएको छ ।

त्यस्तैगरी सोमवार, मङ्गलवार, बुधवार, हिजो बिहीवार गरी लगातार चार दिन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलाको एक लाख ५३ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको भदौ १३ गते अहिलेसम्मकै उच्च तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तैगरी आज चाँदीको मुल्इ ३० रुपैयाँ बढेको छ । हिजो एक हजार सात सय ६५ रुपैयाँ रहेको चाँदी आज तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्