Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
आजको मौसम

लुम्बिनी ,गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै वर्षाको सम्भावना

बुधबार, भदौ २६, २०८१

काठमाडौं - बुधबार दिउँसो तीन वटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मनसुनी वायुको प्रभावले बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

त्यस्तैगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्
समाचार