बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

वीर अस्पतालमा जलनको उपचार सेवा सुरु

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं - वीर अस्पतालमा आजबाट जलनको उपचार सेवा सुरु भएको छ । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गर्नु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जलनका बिरामीका लागि अस्पतालमा छुट्टै अप्रेसन थिएटर, आइसीयु र जनरल बेडको व्यवस्था गरिएको छ । जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो ।


केन्द्रको शुभारम्भदेखि अस्पतालको अन्य सेवाको निरीक्षण समेत गरेका मन्त्री पौडेलले अस्पतालमा भएका जनशक्ति र उपकरणको अधिकतम उपयोगमा जोड दिनुभयो ।

उनले अस्पतालमा सेवा नै दिन नसक्ने गरि जनशक्ति नरहेको भन्ने सन्देशलाई चिर्नुपर्ने भन्दै पारदर्शी ढंगले अघि बढाउन निर्देशन समेत दिनुभयो । मन्त्री पौडेलले सबै टिकटहरूलाई अनलाइन प्रणालीमार्फत लैजान निर्देशन पनि दिनुभयो ।

२०७२ को विकासकारी भूकम्पका कारण अस्पतालबाट जलनका बिरामीको उपचार सेवा बन्द भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्