Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्ने दिन

शुक्रबार, असोज ४, २०८१

दाङ - आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर २० तारिख। तृतीया श्राद्ध। आश्मिन कृष्ण पक्षको तृतीया तिथि।

हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ। व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पूजा गरिन्छ। धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ। साभार खबरहब

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०५:३८
प्रतिक्रिया दिनुहोस्