बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

थापाथली क्याम्पसद्वारा आयोजित  यथार्थ नामक प्राविधिक प्रदर्शनी सम्पन्न

शनिबार, माघ २०, २०८०

काठमाडौं - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) थापाथली क्याम्पसद्वारा आयोजित यथार्थ नामक प्राविधिक प्रदर्शनी सम्पन्न भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

अस्ति शुरु भएको प्रदर्शनी हिजो सम्पन्न भएको हो । प्रदर्शनीको उद्घाटन समारोहमा परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रिपरिषद्को बैठकमा प्राविधिक शिक्षामा बजेट वृद्धि गर्न प्रस्ताव गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यस्तै प्रदर्शनी समापन समारोहमा नेपाली कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाले अब प्रविधि र रोबर्टको विकासले नेपालमा कृषि क्रान्ति गरी त्यही कृषि क्रान्तिको जगमा औद्योगिक क्रान्ति गरेर समृद्ध नेपाल निर्माण गर्नुपर्ने बताउनुभयो ।

थापाथली क्याम्पसका प्रमुख डा। खेम ज्ञवालीले प्राविधिक क्षेत्रमा उचित बजेट नपुग्दा पूर्वाधार र गुणस्तर वृद्धिमा समस्या आइरहेको उल्लेख गर्नुभयो ।

प्रदर्शनीमा थापाथली इन्जिनियरिङ क्याम्पसमा रहेका सात वटा सङ्कायका विद्यार्थीबीच विभिन्न प्रदर्शनीका साथै प्रतिस्पर्धा भएको थियो । विद्यार्थीले प्रदर्शनीमा सडक, भवन, पुल लगायतका संरचना तयार गरेका थिए ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्