Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

समाज विकास सञ्जाल बंगलाचुलीको दसौं बार्षिक साधारण सभा सम्पन्न

बुधबार, असोज ९, २०८१

कमिरेचौर : दाङको बंगलाचुलीमा समाज विकास सञ्जाल बंगलाचुलीको दसौं बार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्र सम्पन्न भएको छ । समाज विकास सञ्जाल बंगलाचुलीका अध्यक्ष भिम बहादुर रानाको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यता तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले समाज विकास सञ्जाल बंगलाचुलीको प्रमुख विकास साझेदार संस्थाको रुपमा रहेको उल्लेख गर्नुभयो ।उक्त संस्थाले गाउँपालिकाको भौतिक विकास सँगै मानविय विकासमा सहयोग गर्दै अगाडी बढेको समेत बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष पुनले पालिकाको मुख्य योजना एक घर एक धारा कार्यक्रममा पालिका सँग समाज विकास सञ्जालले साझेदार गर्दै आएको र आगामि दिनमा पनि पालिकाको विभिन्न क्षेत्रमा साझेदारको गाउँपालिकाले अपेक्षा गरेको बताउनुभयो ।4-1727231658.jpg
कार्यक्रममा संस्थाका कार्यक्रम व्यवस्थापक बासुदेव भण्डारीले बार्षक प्रतिवेदन र लेखा तथा प्रशासन सहायक मुनाल घर्ति मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि,वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा लगायतले बोल्नुभएको थियो । समाज विकास सञ्जाल बंगलाचुलीका उपाध्यक्ष देवा देवि पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव शसिराम गिरीले गर्नुभएको थियो ।साथै सञ्जालले ४ जना अपाङ्ग सदस्यलाई नगद सहित सहयोग गरेको छ । सदस्यहरु बुढि कामी, प्रकाश घर्ती, सिबराज सार्की र यनुका महरालाई नगद १५ हजारको चेक हस्तान्तरण गरेको हो ।यस्तै दसौ साधारण सभाको अवसरमा सञ्जालका पुर्व अध्यक्ष र उपाध्यक्षलाइ सम्मान समेत गरिएको छ । जसमा पुर्व अध्यक्ष सन्तराम भण्डारी र पुर्व उपाध्यक्ष डोमा कुमारी बुढालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।1-1727231690.jpg
नयाँ कार्यसमिति चयनः अध्यक्षमा गिरी  :  समाज विकास सञ्जाल बंगलाचुलीको दसौं बार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रमबाट शसिराम गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा देवादेबी पौडेल सचिवमा लक्ष्मी घर्ती कोषाध्यक्षमा पोबित्रा जिसी, सहसचिवमा चन्द्रकला जिसी चयन हुनुभएको छ । सल्लाहकार सदस्यमा भिम बहादुर राना सदस्यमा धन बहादुर सार्की र सुमा केसी चयन हुनुभएको कार्यक्रम व्यवस्थापक वासुदेव भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्
समाचार