बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

सल्यानमा यात्रुवहाक फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते

बिहीबार, असोज २४, २०८१

दाङ -  बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको यात्रुवहाक फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

लु २ ख ५००२ नम्वरको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बिहिबार बिहान ४ बजे गाडी दुर्घटना भएको हो।

दुर्घटनामा परेर १६ जना घाइते भएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो।  घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको र १२ जना सामान्य रहेको उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्