बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बस दुर्घटना

डडेलधुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

बुधबार, असोज ३०, २०८१

 डडेलधुरा - डडेलधुराको अमगरगढी नगरपालिका ७ खस्रेखानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।  बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १० ७८ नम्बरको बस दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय डडेलधुराका जानकारी दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका( ३ की ४५ वर्षीया जैमती बोहोरा, अन्दाजी २१ वर्षीया कमला बोहोरा, उनका दुई दिनको नाबालक छोरा र अन्दाजी २२ वर्षीय सहदेव बोहराको उपचारकोक्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १२ यात्रु घाइते भएका छन् । डडेलधुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

दुर्घटनालगत्तै उक्त क्षेत्रमा उद्दार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल समेतको टोली परिचालित भएको थियो।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्