आजको मौसम

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

सोमबार, कात्तिक ५, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ  - देशभर पश्चिमी र स्थानीय वायुको पनि आंशिक प्रभाव छ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

सोमबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार मंगलबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्