Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
एएफसी यू–१७ एसियन कप

जापानविरुद्ध अग्रता लिएको नेपालले  ९–२ गोलले पराजित

बिहीबार, कात्तिक ८, २०८१

दाङ - एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल साविक विजेता जापानसँग पराजित भएको छ। 

कताको हमाद हमाद विन खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित हुन पुग्यो। खेलमा सबिनकुमार लुङगेली मगरले १२औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको थियो। 

त्यसको ५ मिनेटमा जापानले बराबरी गोल फर्कायो। जापानका तानो डाइचीले खेलको १७औं मिनेटमा गोल फर्काए। उनले चार गोल गरे। पहिलो हाफमा ५–१ले  अगाडी रहेको जापानले खेलको दोस्रो हाफमा थप चार गोल थप्यो। नेपालका विज्ञान खड्काले थप एक गोल गरे। 

समूह ‘एफ’ मा  नेपाल रहेको टोलीमा पूर्वविजेता जापानसँगै , कतार, र मंगोलिया छन्। 

नेपालले अब दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ। दुबै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ।

यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन्। 

आयोजकका रूपमा साउदी अरेबिया भने पहिल्यै छनोट भइसकेको छ। अब बाँकी १५ टोली यस छनोट चरणबाट चयन हुनेछन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्