बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य फूलमाला बिक्रीरवितरण रोक

राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य फूलमाला बिक्री/वितरण रोक, स्थानीय प्रयोग गर्न आव्हान
शुक्रबार, कात्तिक ९, २०८१

दाङ - दाङको राप्ती गाउँपालिकामा प्लाष्टिकजन्य, रवरजन्य, खादा, माला, फूल तथा कोल्ड ड्रिङ्स, जङक फुड (पत्रु खाना) लगायतका वस्तु बिक्रीवितरणमा प्रतिवन्ध लगाइएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

पालिकाले विगतका वर्षदेखि प्रतिवन्ध लगाउने निर्णयको कडाइकासाथ कार्यन्वयन गर्ने जनाएको छ । स्थानीय प्राकृतिक पुष्प माला, दुग्धजन्य पदार्थ प्रयोग गर्न आव्हान गरेको हो।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले भनेको छ, “आउदै गरेको तिहारको अवसरमा प्लाष्टिकजन्य, फुल, माला विक्री वितरण नगर्न, नगराउनुहुन सम्पूर्ण व्यापारी वर्ग तथा आम सर्वधारणमा अनुरोध गरिन्छ।”

विवाह, ब्रतवन्ध, भोज, भतेर, वनभोज स्थल, सार्वजनिक स्थलहरुमा प्लाष्टिकका थाल, कप, प्लेट, चम्चाहरुको प्रयोग गर्नुको सट्टा साल, मालुका लगायतका पातहरुबाट निर्मित दुना, टपरी तथा काठका चम्चाहरु प्रयोग गर्न पालिकाले अनुरोध गरेको छ।

पालिका अध्यक्ष प्रकाश विष्टद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिकाको उक्त सूचना उल्लंघन गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा समेत जनाएको छ।

राप्तीसँगै दाङका अन्य केही स्थानीय तहले पनि प्लास्टिकजन्य फूलमाला बिक्री(वितरण तथा भण्डारण गर्न रोक लगाएका छन्।  साभार दाङलाइभ

rapti-1729872094.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्