Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गयो

शनिबार, कात्तिक १०, २०८१

दाङ - दाङमा जीप दुर्घटना दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

राप्ती लोकमार्गअन्तर्गत शनिवार बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्वरको जीप दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो।

दुर्घटनामा परी गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ठकुरीले जानकारी दिनुभयो

त्यसैगरी दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं ६ निवासी ३१ बर्षीय देवा वली, उनका छोराहरु १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्
समाचार