Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

मंगलबार, कात्तिक १३, २०८१

सल्यान - सल्यानमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका–६ सिनबाङ्गको दुबेदेबाट पराल लिएर छापनेटातर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनी ट्रक आज बेलुकी करिब ६ बजेतिर दुर्घटनामा परेको हो ।

मिनी ट्रक दुर्घटना हुँदा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १३ वर्षको सिर्जना बस्नेतको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनुभयो ।

अनुसार घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय संजीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले घाइते भएका सबैलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर लगिएको बताउनुभयो । घाइते भएका केहीको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार डाक्टरले पुष्टि नगरेकाले कति जनाको मृत्यु भयो भन्ने तत्काल खुलाउन सकिएको छैन । उनका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिएपनि कसरी दुर्घटना भयो भन्ने नखुलेको उहाँको भनाइ छ ।

त्यस्तेगरी उक्त मिनि ट्रक दुर्घटनामा घाइते भएका गाडि चालक सिनवांग निवासी २६ बर्षिय मान बहादुर भण्डारीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाइ कपुरकोट आधारभुत अस्पतालबाट तत्काल रिफर गरि दाङ  तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको खबर छ ।

यो संगै उक्त दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । २ जनाको घटनास्थलमा, १ जनाको कपुरकोट अस्पतालमा ल्याउदै गर्दा बाटोमा र १ जनाको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अरु ७ जना घाइते छन् । साभार : दाङलाइभ

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
समाचार