आजको मौसम

कोशी र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

बुधबार, कात्तिक २१, २०८१

दाङ - कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
समाचार