दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

बुधबार, कात्तिक २१, २०८१

दाङ - दाङको तुलसीपुरमा तिहारको समयमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

बिहान सवा १० बजेतिर किशोरले तिहारको समयमा आफ्नै घरमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेको थियो।उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याउना साथ बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गर्नुृ भएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
समाचार