Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

काठमाडौँमा एकै परिवारका ३ जना मृत भेटिए

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौँ - काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आज एकै परिवारका ३ जना मृत फेला परेका छन्।

 घरमा भित्रबाट चुकुल लगाएको अवस्थामा कान्छा नगरकोटीकी श्रीमती, एक छोरा र छोरी मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार गोकर्णेश्वर नगरपालिका ३ कुमारी गाम्छा बस्ने उनकी श्रीमती सीता दंगाल (नगरकोटी), छोरी वर्ष १५ की अंशु मोक्तान र २ महिने छोरा मृत फेला परेका हुन् ।

उक्त घटनामा अहिले प्रहरी वृत्त बौद्ध र प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको अधिकारीले जनकारी दिनुभयो।

कान्छा नगरकोटीले उनीहरु हराइरहेका भन्दै प्रहरी वृत बौद्धमा खोजतलासका लागि निवेदन दिएकोमा प्रहरी टोलीले आज अपराह्न घरभित्रै उनीहरु मृत फेला पारेको हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्
समाचार