बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
अपराध

दाङमा नक्कली नोटसहित चार जना पक्राउ

शुक्रबार, कात्तिक ३०, २०८१

दाङ – दाङमा नक्कली नोटसहित चार जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका(९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-१० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका-८ बस्ने १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका-९ दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका(४ घर भई तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्