डिजेल र मट्टितेलको मूल्य बढ्यो

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौँ - नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ। बढेर आएको मूल्य आज राति १२ बजेपछि लागू हुने जनाइएको छ।

निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाइएको छ।

अब काठमाडौँ र पोखरामा मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ । ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।

no-n-1731687739.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  २२:०७
प्रतिक्रिया दिनुहोस्