Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

शेयर बजार ४.९८ अङ्कले बढ्यो,११ अर्ब ७२ करोड रुपैयाँको शेयर कारोबार

आइतबार, मंसिर २, २०८१

काठमाडौँ  साताकाे पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ विन्दुमा पुगेको छ । बिहान ११ बजेर ३६ मिनेटमा नेप्से दुई हजार सात सय ८७ विन्दुमा पुगेको थियो ।

आज बैंक, फाइनान्स, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा होटल, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र उपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन समृद्धि फाइनान्स र गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय २६ वटा कम्पनीका दुई करोड ४४ लाख कित्ता शेयर ११ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ४५ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
समाचार