आजकाे दैनिक राशिफल

आज २०८१ साल मंसिर ५ गते बुधबारको राशिफल

राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ - आज २०८१ साल मंसिर ५ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर २० तारिख। पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले  तयार पार्नुभएको आजको फलादेशः

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफन्तसँग असमझदारी बढनेछ । आफनो कामको योजना गोप्य  राखेर अगाडि बढनुहोला । परिवारमा अग्रज व्यक्तिको सहयोग बाट काम बन्नेछ  ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
सानो प्रयत्नले पनि काम बन्नेछन । कृषि, व्यावसायिक कार्यबाट फाईदा रहनेछ । आर्थिक आर्जन  गर्ने समय रहेको छ । आत्मा बिश्वास बढनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
अनाबश्यक बिवादमा परिनेछ । बोल्दा बिचार गरेर अगाडि बढनु होला । मान सम्मानमा बाधा हुनेछ । तपाईको प्रयासबाट कामहरु बन्नेछन ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
योजना बनाएर अगाडि नबढदा कार्यमा समस्या छ । गफमा बढि समय बित्नेछ । खानपिनमा सावधानी रहनु । सानो कार्यमा पनि धेरै समय लाग्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आफन्तमा असमझदारी बढनेछ । प्रतिस्पर्धा बाट फाईदा रहनेछ । घर बाहिरका कार्यबाट सफलता  रहनेछ । बैदेशिक क्षेत्रबाट लाभ रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आम्दानीका नयाँ बाटाहरु देखापर्नेछ । कार्यमा सफलता  छ । नबिन ज्ञानको जानकारी हुनेछ । शैक्षिक प्रगति छ । ल्याउनु पर्ने रकम प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
अग्रज व्यक्ति सँग भेटघाट बढनेछ । प्रतिष्ठित कार्य गर्ने योग रहला । अरुलाई प्रभाव पारेर काम बन्नेछन । आफनो कार्यमा अगाडि बढन सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
गरेका काम बाट धेरैलाई फाइदा हुनेछ । सामाजिक कार्यमा रुचि बढनेछ  । एकै कार्यमा दोहोरो फाईदा लिन सकिनेछ । नयाँ योजनाहरु बन्नेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
सवारी साधन चलाउदा सावधान रहनु । स्वास्थ्यमा  समस्या छ । आर्थिक लेनदेनमा बिवाद रहनेछ । प्रयास बाट व्यावसायिक समस्या हल छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
प्रेमको नाता गाँस्ने बेला छ । दाम्पत्य जीवन सुखद रहनेछ । बाध्यामत्क कार्यमा लाग्नु पर्नेछ । केहि बिबाद युक्त समय रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
प्रतिस्पर्धामा सफल भईनेछ । कार्य सफलको लागि संघर्ष गर्नु पर्ने । अरुलाई दिइएको रकम फिर्ता रहनेछ  । व्यापारमा केहि मात्रामा सफलता छ  ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसायमा बिशेष लाभ रहनेछ । दाम्पत्य जीवन सुखद रहनेछ । नयाँ सवारी  साधन प्राप्तिको योग छ । बोलिको भरमा धेरै कामहरु बन्नेछ ।
                       
                    
 

वास्तु ज्ञान - भबन निर्माण गर्ने वेलामा भुईमा बिभिन्न चित्रहरु बनाउनु हुँदैन ।
भवनको निर्माण गर्ने वेलामा भुईमा पशु पंक्षी,बाघको आकृति, शङ्ख,चक्र,देवी, गदा, पुष्प, मुकुट,तोरण,लेखनी,स्वस्तिक आदि बनाउनु हुँदैन यदि बनाईयो भने परिवारको लागि अनिष्ट हुने गर्दछ । परिवारमा विरोध एवं वैचारिक असमानता बढदछ साथै विकासको बाटो पनि बन्द हुन सक्दछ ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्