आजकाे राशिफल

सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् पुरा राशिफल

सोमबार, भदौ २९, २०८३

आजको पञ्चाङ्ग

वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ईश्वी सन् २०२६ सेप्टेम्बर १४ तारिख। नेपाल संवत् ११४६। रौद्र संवत्सर, दक्षिणायन, वर्षा ऋतु। श्रीशाके १९४८, भाद्र शुक्लपक्ष।

काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ४९ मिनेटमा र सूर्यास्त बेलुकी ६ बजेर ८ मिनेटमा हुनेछ। दिनमान ३० घडी ५० पलाको रहनेछ।

आजको राशिफल

१.मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ):
मायाप्रेममा नजिक हुने समय छ। दाम्पत्य जीवन सहज रूपमा बित्नेछ। लामो दूरीको मनोरञ्जनात्मक यात्रा तय गरी भरपूर रमाउन सकिनेछ। पढाइलेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ। भौतिक वस्तु तथा विलासी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ। ध्यान, योग, व्रत तथा धार्मिक कार्यमा समय व्यतीत हुनेछ।

२.वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो):
शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ। मायाप्रेममा रमाउन चाहने प्रेमील जोडीहरूका लागि समयले यात्राको अवसर जुराउनेछ। अध्ययन वा कामको सवालमा लामो दूरीको यात्रा तय हुनेछ। खाद्यान्न, औषधिजन्य सामान तथा धार्मिक वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ। धर्म तथा अध्यात्मजस्ता क्षेत्रमा मन जानेछ।

३.मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा):
अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकाले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ। आम्दानीको तुलनामा खर्च कम हुने हुनाले व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ। काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ। आफन्त तथा मनपर्ने मानिसबाट उपहार तथा विलासी वस्तु प्राप्तिको योग छ। सन्तानको प्रगति देख्न पाइनेछ। धर्मकर्ममा ध्यान जानेछ।

४.कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो):
समय राम्रो रहेकाले रमाइलो यात्रा तय हुनेछ। व्यापार वा उद्योगबाट राम्रै आम्दानी गर्न सकिनेछ। मायाप्रेममा नजिक हुन सकिनेछ भने मिठोमसिनो भोजन ग्रहण गर्दै समय व्यतीत गर्न सकिनेछ। धर्मकर्ममा मन जाने तथा धार्मिक क्षेत्रको भ्रमण हुनेछ। आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ। आफन्तसँग भरसक नजिक नहुनु नै राम्रो हुनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागि समय उत्तम रहनेछ।

५.सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे):
नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। साथीभाइको साथले राम्रै सहयोग जुटाउन सकिनेछ। विशेषगरी व्यापारमा लगानी गर्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाईंको नाम अग्रस्थानमा आउनेछ। परिवारजनका आकाङ्क्षा तथा इच्छाहरू पूरा गर्न सकिनेछ। योग, ध्यान, व्रत तथा धार्मिक कार्यमा समय व्यतीत हुनेछ।

६.कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो):
व्यापार–व्यवसायबाट मनग्गे आम्दानी हुनेछ। आम्दानी बढ्ने हुनाले काम गर्न जोसजाँगर आउनेछ। मायाप्रेममा एकअर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ। कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन्। पढाइलेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ। कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुसी रहनेछ। धर्मकर्ममा मन जानेछ।

७.तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते):
समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत–प्रतिष्ठामा वृद्धि हुनेछ। बन्दव्यापार फस्टाएर जाने तथा नाफा कमाउन सकिने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ। प्रेममा एकअर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ। नयाँ प्रविधिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ। राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग छ। परिवारका साथ रहेर मिठोमसिनो भोजन गर्ने अवसर जुर्नेछ। धर्मकर्ममा मन जानेछ।

८.वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू):
समय राम्रो रहेकाले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। स्वास्थ्य सामग्री तथा औषधिजन्य व्यापारबाट लाभ लिन सकिनेछ। काम वा अध्ययनको सवालमा लामो दूरीको यात्रा हुने योग छ। विदेशी भाषा तथा परराष्ट्रसम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ। योग, ध्यान तथा धार्मिक कार्यमा मन जानेछ। तर पनि गैरन्यायिक काम नगर्नुहोला, दण्ड वा जरिवाना तिर्नुपर्ने हुन सक्छ।

९.धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे):
अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ। प्रविधिको उच्चतम प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ। प्रेममा सामीप्यता बढेर जानेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ। जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ। पैतृक धनको प्रयोगमार्फत व्यवसाय गरी रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ। व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ। धर्मकर्म तथा भगवान्‌को चरणकमलमा समय व्यतीत हुनेछ।

१०.मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी):
विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ–पैसा कमाउने योग छ। व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरू गर्न सकिने ग्रहयोग छ। मायाप्रेममा सामीप्यता बढेर जानेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ। राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा मानसम्मान पाइनेछ। व्रत, ध्यान तथा धार्मिक कार्यमा समय व्यतीत हुनेछ।

११.कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा):
बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ। धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुचि बढ्नेछ। दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ। व्यापार तथा उद्योगमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ। दाम्पत्य सुख, प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ।

१२.मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची):
आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ। अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ। व्यापार–व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ स्रोतहरू फेला पार्न सकिनेछ। नसोचेको धन तथा सम्पत्ति हातलागी हुने योग छ। बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ। लामो दूरीको यात्रा हुने योग छ।

तपाईंको दिन शुभ रहोस्!

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०७:२१
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी