बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार, मंसिर १०, २०८१

दाङ - दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–३ हाल तुलसीपुर–९ बेलुवा बस्ने अन्दाजी ३० वर्षका लिलाराम डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिनुभयाे ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आज बिहान साढे चार बजे लमही बजारबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल लमहीको रातो डाडा स्थित प्रहरीको बेरिगेटमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका डाँगीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयाे । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने अन्दाजी २६ वर्षका रोशन विक सामान्य घाइते भएका छन् । उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । साभार  लाइभ दाङ

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्