आजको मौसम

आजको मौसम : यी स्थानमा आज हिमपातको सम्भावना

शनिबार, मंसिर १५, २०८१

काठमाडौं : देशभरको मौसम अहिले मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
समाचार