Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

अस्पतालको चरम लापरबाहीले  सुत्केरीको पेटभित्र कपडा भेटियो

बिहीबार, माघ २५, २०८०

सङ्खुवासभा - जिल्ला अस्पताल सङ्खुवासभाको लापरबाहीका कारण एक सुत्केरीको पेटभित्र कपडा भेटिएको छ। 

शल्यक्रिया गरिएकी ती सुत्केरीको पेटभित्र कपडा भेटिएको घटना बाहिरिएको छ। गत माघ १३ गते जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटमा कपडा भेटिएको हो। 

सुत्केरी भएको एक सातापछि भण्डारीको पेटभित्र एक पिस गज भेटिएको जनाइएको छ। शल्यक्रिया गरेर बच्चा जन्मिएको पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो तर घर फर्केको दुई दिनमै भण्डारी पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वाना भर्ना भइन्। 

प्राथमिक स्वास्थ्य केन्द्र वाना भर्ना भएकी भण्डारीको पेटबाट कपडा निकाएपछि पुनः माघ २० गते जिल्ला अस्पताल भर्ना भएकी छिन्। चिकित्सकले शल्यक्रिया गर्दा कपडा पेटभित्रै छोडेर सिलाई गरिदिएको भण्डारीले बताइन्। 

उनले चिकित्सकको लापरबाहीले पुनस् अस्पताल भर्ना हुदाँसमेत आफैँले खर्च बेहोर्नु परेको गुनासो गरिन्। भण्डारीको अहिले जिल्ला अस्पताल उपचार भइरहेको छ। 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्