बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
समाज

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु,२ जना घाइते

आइतबार, मंसिर २३, २०८१

दाङ - दाङको तुलसीपुरमा ३ जना चडेको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–३ खमारीका १६ बर्षीय दिपेन्द्र वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार तुलसीपुर–४ खाद्रे बनहरीबाट तुलसीपुरतर्फ आउदै गरेको लु।प्र।०२–००१ प १७१७ नम्बरको मोटरसाइकल आज दिउँसो सवा २ बजेको समयमा तुलसीपुर–४ ठुला खाली नजिकै आफै अनियन्त्रित भएर रुखमा ठोक्किदा दुर्घटना भएको हो । मोटरसाइकल सडक देखि ५ मिटर तल खसेर दुर्घटना हुदा चालकसहित ३ जना घाइते भएका थिए ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

घाइते मध्य दिपेन्द्र वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा सवा ३ बजेको समयमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक तुलसीपुर–४ कल्लेखोलाका १७ वर्षीय गणेश खड्का र मोटरसाइकलमा पछाडी सवार तुलसीपुर–४ घोरनेटीका १८ वर्षीय सन्दिप वलीको अहिले उपचार भइरहेको छ । गम्भिर घाइते सन्दिपलाई थप उपचारका लागी राप्ती लाइफ केयर हस्पिटलमा रिफर गरिएको छ भने अर्का सामान्य घाइते भएका चालक खड्काको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा चालक सहित तीन जना सवार रहेकाले अनियन्त्रित भएर दुर्घटना भएको हो । साभार : तुलसीपुर खबर

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्