माैसम

हुम्लामा यो वर्ष पहिलोपटक हिमपात

सोमबार, मंसिर २४, २०८१

हुम्ला : हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । यो वर्ष ढिला गरी जिल्लामा हिमपात भएसँगै यहाँका किसान खुशी भएका छन्। हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने बताइन्छ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ। उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ। हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्
समाचार