Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
अभिमुखीकरण तालिम

बंगलाचुली गाउँपालिकामा उपभोक्ता समितिहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सोमबार, मंसिर २४, २०८१

दाङ दाङको बंगलाचुली गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारीहरूलाई योजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ। गाउँपालिकामा सञ्चालन हुने विभिन्न विकासका योजनाहरुलाई व्यवस्थित रुपमा सम्पन्न गर्न र योजनाहरूको काम समयमै सम्पन्न गर्नको लागि अभिमुखीकरण तालिम प्रदान गरेको हो।

पहिलो दिन आज बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ को अभिमुखीकरण तालिम सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष सुशीला खत्रीको अध्यक्षता एवं बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगरको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट अतिथ्यमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

469946543_1285140862677578_154093709371051935_n-1733757860.jpg
 

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरले हरेक नागरिकले आफ्नो ठाउँबाट समाजको चिन्ता गरे विकास सम्भव भएको बताउनुभएको छ। उहाँले कुनै एकजनाले मात्र कुनै ठाउँ विशेषको, देशको अथवा कुनै योजनाको कल्पना गरेर वा चिन्ता गरेर मात्र त्यो सम्पन्न गर्न कठिनाई हुने भएको हुँदा सबैको सहभागितामा विकास निर्माणमा सहजता हुने बताउनुभयो । उहाँले गाउँपालिकाले सबै ठाउँको समानरुपले विकासका काम र योजनाहरु संचालन गरिरहेको हुँदा यसमा जनताको प्रत्यक्ष सहभागिता होस् भन्ने उद्देश्यका साथ उपभोक्ता समितिहरुमार्फत विकास निर्माणका कामहरु गर्न लगाईएको बताउनुभयो ।  अध्यक्ष पुनमगरले विकासका योजनाहरुलाई जनताको अपनत्व हुने गरी सम्पन्न गर्नको लागि उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम प्रदान गरिएको समेत बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले उपभोक्ता समितिका पदाधिकारीहरू जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभयो । उहाँले हरेक योजनाका उपभोक्ता समितिका पदाधिकारीहरु आफ्नो ठाउँमा हुन गइरहेको योजनाको बारेमा पूर्ण जानकार भई जिम्मेवार भई काम गर्न समेत सुझाव दिनुभएको छ।

469801093_1285141096010888_6198339344013521318_n-1733757890.jpg
 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले तालिमको औचित्य बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले गाउँपालिकाले सम्पन्न गर्ने योजनाहरुलाई व्यवस्थित रुपमा सम्पन्न गर्न तालिमको आयोजना गरिएको बताउनुभयो ।

469939147_1285141249344206_8096568330024062947_n-1733757956.jpg
 

सो कार्यक्रममा बंगलाचुली गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख नारायणप्रसाद आचार्य, पूर्वाधार शाखा प्रमुख बिकेस न्यौपाने, कार्यपालिका सदस्य रमाकुमारी पुन मगर, बङ्गलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ कर्मचारीहरू ,वडा नम्बर ३ र ४ का विभिन्न योजनाका उपभोक्ता समितिका अध्यक्ष ,सचिव  र कोषाध्यक्षको सहभागिता रहेको थियो। अभिमुखीकरण कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिका योजना शाखा प्रमुख नुमाकान्त कालाथोकिले  गर्नुभएको थियो।गाउँपालिकाले प्रत्येक वडाका उपभोक्ता समितिका पदाधिकारीहरुका लागि यसैगरी अभिमुखिकरण तालिम प्रदान गर्ने छ ।

469794783_1285141602677504_8589655388143849969_n-1733757982.jpg
 

 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्
समाचार