बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
समाज

रुकुम पूर्व पुथाउत्तरगंगाको समस्या मुख्यमन्त्रीलाई सुनाउदै किशोरीहरु

मंगलबार, मंसिर २५, २०८१

दाङ - रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटगर्दै समुदायका समस्या सुनाएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहले गाउँ समाजमा आफुहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन । उनिहरुले उज्ज्वल भविस्य र बलियो अभियान सञ्चालनको लागि १७ बुदे माग पत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका हुन ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मुख्मन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्वोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउदै उहाँले किशोर किशोरीहरुको स्वास्थ्य, शिक्षा लगायत मनोसामाजिक क्षेत्रमा सहयोग पु¥याउनेगरी कार्यक्रम बनाएको जानकारी दिनुभयो । समुदाय केन्द्रित जनजागरण अभियानहरुलाई तिब्रता दिन, त्यस अभियानहरुमा किशोरकिशोरीको सहभागिता सुनिश्चित गरिने पनि बताउनु भयो ।‘तपाईहरुले उठाएका मागहरु प्रदेश सरकारले सुन्छ । बालविवाह मुक्त प्रदेश बनाउने अभियानमा यहाँहरुको साथ सहयोग चाहिन्छ’उहाँले भन्नुभयो,‘बनेका नीति, नियम तथा कानुनहरुको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।’

बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तिब्र पार्नुपर्ने बताउनु भयो । नीगित रुपमा प्रदेश सरकारले सम्वोधन गरेको र छुटेका बिषयलाई आगामी दिनमा सम्वोधन गरिने पनि बताउनु भयो । पुथाउत्तरगंगामा विकास र समृद्धि पु¥याउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भयो ।

‘त्यस क्षेत्रको विकास नगरेसम्म समग्र लुम्बिनी प्रदेशको विकास हुन सक्दैन भन्ने कुरामा प्रदेश सरकार जानकार छ’उहाँले भन्नुभयो–‘पुथाउत्तरगंगा देखी मर्चवारसम्मलाई माथि उठाउन सक्यौं भने प्रदेशको समग्र विकास भएको मानिने छ । यस दिशामा सरकार अघि बढेको छ ।’ भूगोलबाट पछाडी परेको, जनचेतनाको अभावले पनि पछाडी परेका क्षेत्रको पहिचान गरेर प्रदेश सरकारले काम गर्ने जानकारी दिनुभयो । साभार लाइभदाङ

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्