समाज

महोत्तरीमा बस दुर्घटना हुँदा २२ जना घाइते, दुईको अवस्था गम्भिर

आइतबार, मंसिर ३०, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

महोत्तरी - महोत्तरीमा बस अनियन्त्रित बस दुर्घटना  हुँदा २२ जना घाइते भएका छन्। भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना भएको हो।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

अनियन्त्रित भएको बस पुलको रेलिङ तोड्दै पल्टिँदा बसमा सवार २२ यात्रु घाइते भएका प्रहरीले जनाएको छ। स्थानीयहरुको सहयोगमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको छ। जसमध्ये दुईजनालाई थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले घाइतेमध्ये भारत परिहारकी २२ वर्षीया सरिता यादव र कोमल राउतलाई जनकपुर रेफर गरिएको बताए। यता अन्य घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको उनको भनाइ छ। साभार कान्तिपुर

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्