Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दैलेखमा पेट्रोलियम अन्वेषण अन्तिम चरणमा

मंगलबार, पुस २, २०८१

दैलेख - दैलेखको भैरवी गाउँपालिका-१, जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार हालसम्म ३ हजार ६ सय ६० मिटर गहिराइमा ड्रिलिङ सम्पन्न भइसकेको छ। चार हजार मिटर ड्रिलिङ पछि पेट्रोलियम पदार्थको सम्भावना पत्ता लाग्ने अपेक्षा गरिएको छ।

जेठ महिनामा सुरु गरिएको यो कार्य चट्टानको कठोरताका कारण पुस महिनासम्म लम्बिएको हो। अन्वेषणका क्रममा दुई९दुई मिटर गहिराइबाट नमूना सङ्कलन गरी परीक्षण भइरहेको छ। २७ सय मिटर ड्रिलिङ पछि थप अध्ययन गर्न ‘सोर्स रक’, ‘रिजर्भ वायर रक’, र ‘सिल रक’ परीक्षण हुनेछ। प्रारम्भिक सङ्केत उत्साहजनक रहेको भूगर्भविद्ले जनाएका छन्।

यो कार्यका लागि ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ र ७० जनाको नेपाली-चिनियाँ टोली खटिएको छ। चीन सरकारको २।५ अर्ब रुपैयाँ अनुदानमा भएको यो अन्वेषण सफल भए देशको आर्थिक अवस्थामा सुधार र रोजगारीको अवसर सिर्जना हुने विश्वास गरिएको छ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्
समाचार