बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
समाज

दाङको तुलसीपुरमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु

बुधबार, पुस ३, २०८१

दाङ - दाङको तुलसीपुरमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ५० बर्षीया लिला भुसाल रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ७ प ११३५ नम्बरको स्कुटिलाई विपरित दिशाबाट आउदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले तुलसीपुर–७ हात्तिखौवा ओरालोमा साढे १ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दुर्घटनामा परी गम्भिर घाइते भएकी लिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा पौने २ बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । स्कुटि चालक मृतककै छोरा २७ बर्षीय निमलाल भुसाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । पिकअप र स्कुटिलाई नियन्त्रणमा लिएको र पिकअप चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। साभार : तुलसीपुर खबर

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्