बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
अपराध

तुलसीपुरमा धारिलो हतियार प्रहारबाट दुईजना दुई जना घाइते

शुक्रबार, पुस ५, २०८१

दाङ - दाङको तुलसीपुरमा धारिलो हतियार ९ग्रासी० प्रहारबाट दुईजना घाइते भएका छ्न । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ का ३० बर्षीय सुरेश रसाइली र सोही ठाउँका २८ बर्षीय सुरज पुन रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरका सुचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका–१८ माल बिजौरी स्थित प्रचण्ड निराना पसलमा सामान किनिरहेको अबस्थामा गएराती करिब १० बजेको समयमा उनीहरु माथी मासु काट्ने ग्रासी प्रहार भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

घटनामा संलग्न रहेका सोही ठाउँका अन्दाजी ३०र३२ बर्षीय प्रकाश चौधरी, ३० बर्षीय सन्दिप चौधरी र ३१ बर्षीय रेशम चौधरी फरार रहेका थिए । घटनालगत्तै फरार रहेका उनीहरुलाई खोजतलास गर्दै जाने क्रममा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा गएराती करिब पौने १२ बजेको समयमा पक्राउ गरि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागि नर्सिङ होम नेपालगन्ज बाकेमा रिफर गरिएको छ । साभार : तुलसीपुर खबर

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्