Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा तमु ल्होसारको शुभकामना व्यक्त

सोमबार, पुस १५, २०८१

काठमाडौँ - राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने ल्होसाररल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपाली आमा बुवा, दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना गर्नु भएको छ।

तमु ल्होसारले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा विशिष्ट भूमिका खेलेको छ । यस पर्वमा तमु समुदायले आफ्नो भेषभुषा, पहिचान र संस्कारसहित जमघट हुने, गोष्ठी, प्रवचनका साथै नाचगान गर्ने र विभिन्न परिकार बनाएर खाने प्रचलन छ ।

संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतालाई राष्ट्रियको मेरुदण्डका रूपमा आत्मसात् गरेको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ।

सबै जातजाति र समुदायका नेपाली जनताबिच सामाजिक, सांस्कृतिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन तमु ल्होसारले प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्