बंगलाचुली गाउँपमालिकाको हिउँदे अधिवेशन सम्पन्न

बुधबार, पुस १७, २०८१

कमिरेचौर १७ पुस -  दाङको बंगलाचुली गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौंअधिवेशन सम्पन्न भएको छ । गाउँसभाका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा हिउँदे अधिवेशन सम्पन्न भएको हो। गाउँ सभामा विभिन्न समितिका संयोजक तथा सदस्यहरुले विधेयकहरु प्रस्तुत गरिएको थियो ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

जस अन्तर्गत बंगलाचुली गाउँपालिकाको आर्थिक बर्ष २०८१-८२ को अर्धवार्षिक प्रगति समिक्षा सम्बन्धि विधेयक गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले प्रस्तुत गर्नुभएको थियो। यस्तै बंगलाचुली गाउँ पालिकाको चालु आर्थिक बर्षको बार्षिक बजेट कार्यक्रम संशोधन सम्बन्धि विधेयक गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले प्रस्तुत गर्नुभएको थियोे।

जस अन्तर्गत आर्थिक वर्ष २०७४-७५ देखि आर्थिक बर्ष २०८०-८१ को आर्थिक संसोदनसार्वजनिक लेखा सम्बन्धि  विधेयक लेखा समिति संयोजक लोक बहादुर खत्रीले प्रस्तुत गर्नुभएको थियोे । भने कार्यपालिकाको निर्णय सम्बन्धि विधेयक गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक बर्ष २०८१-८२ को न्यायिक समितिको सदस्य गणेश विश्वकर्मा , सार्वजनिक नीति साझेदारी सम्बन्धि विधेयक नारायणी गिरी,
विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि विधेयक गिर बहादुर थापा  प्रस्तुत गर्नुभएको थियो ।
सबै विधेयकहरु सर्वसम्मत पारित भएको हो ।

 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्
समाचार